महाभारत महाकाव्य- मौलिक (१)


(त्यतिखेरको यौन साहित्य)
(किचकले द्रौपदीलाई फकाएको- विराट पर्व)

तिम्रो कम्मर पातलो छ बहुतै रेखा समेतको भई ।
देख्छु केहि झुकी रहेछ कुचको बोझा त पर्नेइ गई ।।
बोझा त कुचको थियो तर पनि तिम्रो कटी बीचमा ।
चुल्ठोको पनि भार परेर नुहिगो थाम्ला कहाँ तक यहाँ ।।
राम्रा गोल कठोर दारिम सरि ती छातीका दुदमा ।
जसले हात पुर्याई छामछ रसिली हो भाग्यमानी यहाँ ।।
जसले प्यार गरी समाती चिउँडो झुकेर सामू गई ।
गर्ला चुम्बन भाग्यमानी उही हो जन्मेर मानिस भै ।।
तिम्र दुइ जांध ता नदि-किनार ठानेर हे सुन्दरी ।
सार्है नै बढी काम-रोग अहिले बाँचु कउन रित गरी ।।
यसको औषधि केहि छैन भवमा पाइन्छ खोजि कहाँ ।
यसको औषधि एक चुम्बन छ है तिम्रै छ जो पासमा ।।
सार्है मोहित भै गएँ म त शुभे कामग्निले बेसरी ।
लाग्यो पोलन मलाई कुन रित सहु यसको जलन यस घरि ।।
मेरा माथि दया गरेर तिमीले भोग गर्न दिनछौ जसै ।
शान्तै हुन्छ जलन झरी रमणको लागेर प्यारी तसै ।।

टिप्पणी छोड्नुहोस्